भारा लाग्दछ दूधको सहजमा मान्दैन मान्छे किन जानाजान कुदेर भासतिर नै चाहन्छ हो भासिन पैसाको वशमा परेर जसको बेचिन्छ त्यो जीवन आमाको छ पुकार क्रन्दन दुवै छोडेर जानेसँग ॥१।।
आफ्ना लोक भुलेर लोक परको ठानेर द्यौतासरि जाँदामा खुन दूधको ऋण हरे झाँगिन्छ पोको परी बिर्से मानवधर्म जान्छ रहमा रित्तो बनी त्यो जन आमाको छ पुकार क्रन्दन दुवै छोडेर जानेसँग ॥२।।
आफ्नो देश भनेर वीर जनले जोडे सिमाना कति बोकी ती तलबार, ढाल, खुकुरी फेरो लगाई अति त्यो सन्तान भएर वीर जनको लाछी भए जो जन आमाको छ पुकार क्रन्दन दुवै छोडेर जानेसँग॥३।।
राम्रा उर्वर गाउँका जमिनमा ढड्डी गराई खर बोलाई घरका जहान सब नै मारेर ताला घर बस्दामा परदेश दास जसरी के बन्छ खै जीवन ? आमाको छ पुकार क्रन्दन दुवै छोडेर जानेसँग ॥४।।
