बाबाका तीन पुस्ता त्यसपछि गर हे मातृपुस्ता तिनोटा सौतेनी छिन् त आमा त्यसपछि उनमा द्व्यञ्जलि प्रेम अर्प सम्झी मातामहादि त्रय सँगसँग नै अर्प पत्नी तिनोटै आफ्नै स्त्रीको भएको छ त निधन भने द्व्यञ्जलि प्रेमसाथै ।१।
साथैमा पुत्र-पुत्री पनि अघि त गए ती सबै तर्पणाई बाबाका दाजु भाइ प्रिय पछि जननीभ्रातरस्तर्पणीय लागे भ्रातादि आफ्ना पनि निधन भई जान ती तर्पणाई साथैमा स्त्री नछाड्नू अझ सुत र सुता ती सबै हुन् जलाई ।२।
बाका बैनी दिदी वा धवसहित बुझे मातृ बैनी दिदीमा आफ्नै बैनी दिदी छन् निधन अघि भने ती सबै तर्पणाई । पत्नीकै बाबु आमा निधन यदि भए ती दुवै छन् जलाई गायत्री, वेद, शिक्षा, जति पनि गुरु छन् ती सबै तर्पणाई ।।३।।
आफ्नै शिष्या र शिष्य प्रिय यदि नरहे या हितैषी घनिष्ठ ती जम्मै तर्पणाई प्रतिदिन बुझ हे भक्तिले राख इष्ट यो यौटा कस्सिएको निज पितृजनको वोपदेवीय सूत्र गर्ने हो तर्पणै ता क्रम बुझ सजिलै कण्ठ पारेर घोक ।४।
यो मात्रै तर्पणैको क्रम नबुझ सखे श्राद्धको पिण्डको हो गर्दा श्राद्धै घरैमा क्रम बुझ सबले तीर्थको श्राद्धको हो जो छन् पिण्डाई साथै पितृगण सब नै हुन् तिनै तर्पणाई बेहानै नित्य गर्दा पितृ तिल कुशले पुष्ट हुन्छन् जलाई ।५। (सन्दर्भ : ताताम्बात्रितयम्......” को भावानुवाद)
